कांग्रेसका ‘विद्रोही’ कार्की कोशीको मुख्यमन्त्री नियुक्त

काठमाडौँ । कोशी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त हुनु भएको छ । प्रदेश प्रमुखको कार्यालयमा भएको सनाखतका क्रममा उनले बहुमत जुटाएका हुन् । कार्कीको पक्षमा ४७ जना सांसदले हस्ताक्षर गरेका थिए  ।

मुख्यमन्त्रीका लागि केदार कार्कीसँगै माओवादी केन्द्रका इन्द्र आङबो पनि दाबी गरेका थिए । शुक्रबार दुवै आकाङ्क्षीको पक्षमा ४७/४७ सांसदको समर्थन देखिएको भन्दै प्रदेश प्रमुखले आज बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म सनाखतका लागि समय तोकेका थिए ।

सनाखतमा बहुमत पुष्टि भएसँगै संविधानको धारा १६८ (५) बमोजिम प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । सनाखतमा आङबो पक्षका समर्थक सनाखतका लागि उपस्थित भएनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर