आज सुन प्रति तोला ६ सय रुपैयाँ बढ्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा क्रमिक रूपमा वृद्धि भइरहेको छ । हिजो सुनको मूल्य प्रतितोला एक लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भएकोमा आज ६ सय रुपैयाँले बढेको हो । बिहीबार पनि सुनको मूल्य सात सय रुपैयाँले बढेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख १० हजार एक सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख ९ हजार ५५० रुपैयाँ रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । हिजो चाँदीको मूल्य प्रतितोला एक हजार ३५० रुपैयाँमा कारोबार भएकोमा आज प्रतितोला एक हजार ३४५ रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर