कांग्रेसमा कोइराला पक्षको ‘विद्रोह’ बारे छलफल हुने

काठमाडौं । कोशी प्रदेशमा डा. शेखर कोइराला पक्षले ‘विद्रोह’ गरेपछि संस्थापन पक्षको आह्वानमा कार्यसम्पादन समितिको बैठक बस्दैछ । कोशी कांग्रेसले शुक्रबार आवश्यक निर्णयको लागि भन्दै कार्यसम्पादन समितिको बैठक बोलाएको हो ।
सत्ता गठबन्धनको निर्णयविरुद्ध नेकपा एमालेसँग मिलेर केदार कार्कीले मुख्यमन्त्रीमा दाबी पेश गरेपछि सभापति शेरबहादुर देउवा पक्षधर कांग्रेसले आकस्मिक रुपमा कार्यसम्पादन समितिको बैठक बेलाएको हो ।
गठबन्धनको तर्फबाट मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोलाई उम्मेदवार बनाउन संस्थापन कांग्रेसले सहमति गरेसँगै पार्टीमा विद्रोह जन्मिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर