प्रहरीद्वारा लुटेरा समूहमाथि गोली प्रहार, एक घाइते

काठमाडौं । प्रहरीले काठमाडौंमा लुटेरा समूहलाई नियन्त्रणमा लिन गोली चलाएको छ। साथै काठमाडौंको जगडोलमा ७ राउण्ड गोलीसहित १ पिस्तोल बरामद भएको छ ।

गोकर्णेश्‍वर नगरपालिका–३ को जगडोलमा बिहीबार बिहान ११ः३० बजेतिर ३ वटा मोटरसाइकलमा आएका लुटेरा समूहलाई पछ्याउँदै गरेको प्रहरी टोलीलाई देख्नासाथ उक्त लुटेरा समूहले प्रहरी टोलीलाई आक्रमण गर्न लाग्दा प्रहरी टोलीद्वारा जवाफी फायर गरेको हो । कारबाहीमा सिन्धुली कमलामाई नगरपालिका–२ घर भएका वर्ष अनुमानित ३६ को अमर घलानको दाहिने घुँडामुनि–१, र तिघ्रामा–१ गरी २ गोली लागेको छ ।

घाइतेको नेसनल मेडिकल कलेज, जोरपाटी अत्तरखेलमा उपचार भइरहेको छ । घटनामा संलग्न रहेका सर्लाही घर भएका अनुमानित वर्ष ३६ को शन्त लामा र सिन्धुपाल्चोक घर भएका वर्ष अनुमानित ३० को जितेन लामालाई २ वटा मोटरसाइकलसहित प्रहरीले नियन्त्रणमा लिइएको छ। घटनास्थलबाट फरार रहेका अन्यको व्यापक खोज गर्नुका साथै थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर