भारतीय प्रधानमन्त्री मोदी सीमावर्ती कालापानी क्षेत्रको भ्रमणमा

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कालापानी क्षेत्रको भ्रमण गरेका छन् । मोदी हेलिकप्टरमार्फत कालापानी क्षेत्र पुगेर सामाजिक सञ्जाल ट्विटरमा आफूले कैलाश र पार्वतीकुण्डको दर्शन गरेको भन्दै तस्बिर राखेका छन् ।
मोदीले कालापानी क्षेत्रमा तैनाथ भारतीय सेना, इन्डो–तिब्बत बोर्डर पुलिस, सशस्त्र सीमा बल र सुरक्षा अधिकारीसँग पनि भेटघाट तथा छलफल गरे । भारतीय प्रधानमन्त्री मोदी पुगेको ठाउँ नेपाल–भारत सीमा क्षेत्रमा पर्छ ।
मोदीको भ्रमणको बारेमा नेपाललाई कुनै औपचारिक जानकारी नभएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ । सरकारले २०७७ साल जेठमा सार्वजनिक गरेको नेपालको नयाँ नक्सामा लिम्पियाधुरा, कालापानी, लिपुलेक क्षेत्र समेटिएको छ । भारतले भने यो क्षेत्र आफ्नो भएको दाबी गर्दै आएको छ ।

तस्बिर : माेदीकाे ट्विटर ( एक्स)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर