इजरायल र हमासबीच युद्ध रोक्न मध्यस्थता

 काठमाडौं । इजरायल र हमासबीच युद्ध रोक्न मध्यस्थताका लागि अन्तर्राष्ट्रिय समुदायले चासो र तत्परता देखाएका छन् । इजरायलमा आक्रमण गरेको प्यालेस्टिनी लडाकु समूह हमासले बन्धक बनाएका व्यक्तिहरूको रिहाइका लागि मध्यस्थता गर्न जर्मनीले कतारलाई आग्रह समेत गरेको छ । हमासले एक सय ५० जनाभन्दा धेरैलाई बन्धक बनाएको अनुमान छ ।

जर्मनीका विदेशमन्त्री एनालेना बेयरबोकले कतारलगायत विभिन्न देशहरूले महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनुभएको छ । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी बर्लिनका चान्सलर ओलाफ स्कोल्जसँग वार्ताका लागि बर्लिन जाने तयारीमा रहेका बेला बेयरबोकले यस्तो आग्रह गर्नुभएको समाचार संस्था एएफपीले जनाएको छ ।

एक दशकभन्दा लामो समयदेखि हमासको राजनीतिक कार्यालय राख्न दिँदै आएको कतारले गाजालाई करोडौँ डलरको आर्थिक सहायता उपलब्ध गराएको छ । यसअघि पनि कतारले इजरायल र लडाकु समूहबीच सम्झौता गर्न मध्यस्थता गरेको थियो । कतारको विदेश मन्त्रालयले इजरायल र हमासबीच मध्यस्थताका लागि प्रयास गरिरहेको समेत जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर