नेपालले पहिलो खेल यूएईविरुद्ध खेल्ने

काठमाडौँ   । नेपाल ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलामा घरेलु टोलीले पहिलो खेल यूएईविरुद्ध खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले कात्तिकदेखि नेपाल, यूएई र हङकङ सम्मिलित प्रतियोगिताको खेल तालिका बुधबार प्रकाशित गरेको हो । अक्टोबर ३० देखि नेपालमै हुने आईसीसी विश्वकप छनोट एसिया क्षेत्रका लागि नेपाली टोलीको तयारीका क्रममा प्रतियोगिता आयोजना गरेको हो ।

डबल राउन्ड रोबिनमा हुने प्रतियोगितामा नेपालले कात्तिक १ गते यूएईसँग खेलेपछि २ गते हङकङ र ४ गते पुनः हङकङसँग खेल्नेछ । कात्तिक ५ गते यूएई र हङकङका बीच खेल हुनेछ भने ६ गते नेपालले यूएईको सामना गर्नेछ । कात्तिक ८ गते हङकङ र यूएईका बीच खेल हुनेछ भने १० गते फाइनल हुनेछ । राउन्ड रोबिन लिगका खेलहरू मूलपानी क्रिकेट मैदानमा हुनेछ भने फाइनल खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुनेछ । प्रतियोगिताको उद्घाटन खेल दिउँसो १ बजे सुरु हुनेछ भने त्यसपछिका सबै खेल बिहान ११ बजे सुरु हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर