मौसमः देशभर आंशिक बदली रहने

काठमाडौं ।  नेपालको पूर्वी तथा मध्यभागमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। यसका कारण देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो कोशी, बागमती र गण्डकीमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशको मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती, गण्डकी, मधेश र लुम्बिनीका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको अनुमान छ।

राति कोशी र बागमतीका पहाडी भूभागमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा हुनेछ। यो वर्षको मनसुन बाहिरिने क्रम जारी रहेको महाशाखाको भनाइ छ। सुदूरपश्चिम र कर्णालीको सम्पूर्ण भूभाग तथा लुम्बिनी पश्चिमी भूभागबाट यसअघि नै मनसुन बाहिरिइसकेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर