हतियार बोकेको अमेरिकी विमान इजरायलको एअर बेसमा

काठमाडौं । हतियार बोकेको अमेरिकी विमान इजरायलको एअर बेसमा पुगेको छ । इजरायली सेनाका अनुसार अमेरिकाबाट आएको यो पहिलो युद्ध विमान हो ।

बीबीसीका अनुसार अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन आज जोर्डन र इजरायलको भ्रमणमा निस्कँदै छन् । ब्लिन्केन इजरायल पुग्नुअघि नै हतियार र लडाकु विमान इजरायल पुगिसकेका खबरमा उल्लेख छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग पटक पटक टेलिफोन कुराकानी गरेर अमेरिकाले हतियार, विमान, रक्षा मिसाइललगायत सबै प्रकारका सहयोग गर्ने वाचा गरेका छन् । बाइडेनले अब कहिल्यै पनि युद्ध नदोहोरिने गरी हमास समूहलाई सखाप पार्न आग्रह गरकोे पनि खबरमा उल्लेख छ । इजरायलले गाजामा एउटा संरचना पनि बाँकी नराख्ने घोषणा गरेको छ । पानी र खाद्यान्नमा समेत नाकाबन्दी लगाएका कारण गाजाको जनजीवन कष्टकर बनेको छ ।

गत शनिबार बिहान प्यालेस्टाइनको हमास समूहले इजरायलमा गरेको आक्रमणमा १२ सय इजरायलीको ज्यान गएको छ । हमासको आक्रमणपछि तीव्र रूपमा जवाफी कारबाही गरेको इजरायलले गाजा क्षेत्र ध्वस्त बनाइदिएको छ । गाजामा अहिलेसम्म नौ सय ५० जनाको ज्यान गएको र १५ सय जना जनाभन्दा धेरै हमास लडाकुको ज्यान गएको इजरायली दाबी छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर