बुधबारका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । भारतीय रुपैैयाँ १०० को खरिदर १६० रुपैयाँ र विक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । बुधबार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ९० पैसा र बिक्रीदर १३३ रुपैयाँ ५० पैसा पुगेको छ ।
आज युरोपियन युरो एकको खरिदमा १४० रुपैयाँ ८१ पैसा र बिक्रीमा १४१ रुपैयाँ ४४ पैसा पाइन्छ । अष्ट्रेलियन डलर एकको खरिददर भने ८५ रुपैयाँ १८ पैसा र बिक्रीदर ८५ रुपैयाँ ५७ पैसा कायम गरिएको छ ।
आज कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ४४ पैसा र बिक्रीमा ३६ रुपैयाँ ६१ पैसा पाइन्छ । राष्ट्र बैंकले आजको लागि युएई दिराम एकको खरिददर ३६ रुपैयाँ १८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ३५ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिदमा २८ रुपैयाँ १० पैसा र बिक्रीदर २८ रुपैयाँ २२ पैसा पाइन्छ ।

कुवेती दिनार एकको खरिददर ४२९ रुपैयाँ ६८ पैसा र बिक्रीदर ४३१ रुपैयाँ ७९ पैसा तोकिएको छ भने बहराइन दिनार एकको खरिददर ३५२ रुपैयाँ ५२ पैसा र बिक्रीदर ३५४ रुपैयाँ ११ पैसा तोकिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर