सिंहदरबार ठप्प पार्ने निजामती कर्मचारीहरूको चेतावनी

काठमाडौं । निजामती कर्मचारीहरूले सरकारको प्रशासनिक केन्द्र सिंहदरबार ठप्प पार्ने चेतावनी दिएका छन् ।
निजामती कर्मचारीहरूको युनियनहरूले आफूहरूका मागलाई सरकारले बेवास्ता गरेको आरोप लगाउँदै बुधबार आन्दोलनका कार्यक्रम घोषणा सार्वजनिक गरेका छन् ।

कर्मचारीहरूद्वारा आयोजित पत्रकार सम्मेलनमा घोषित कार्यक्रमअनुसार उनीहरूले वैशाख १९ र २० गते प्रधानमन्त्रीसहित राजनीतिक नेतृत्व र मुख्य सचिवलगायतका उच्च सरकारी अधिकारीहरूलाई एसएमएस पठाउने, वैशाख २१ गते सिंहदरबार कार्यस्थल रहेका कर्मचारीहरू कार्यालयमा अनुपस्थित रही कामकाज ठप्प पार्नेछन् । कर्मचारी युनियनका सचिव प्रकाश भट्टराईले आफूहरूले बाध्य भएर आन्दोलनका कार्यक्रम घोषणा गरेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर