इजरायलकाे बङ्करमा रहेका विद्यार्थीसँग प्रधानमन्त्रीकाे भिडियाे कुराकानी

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इजरायलको बङ्करमा रहेका नेपाली विद्यार्थीसँग भिडियो कुराकानी गर्नुभएको छ । सिक्दै कमाउँदै कार्यक्रमअन्तर्गत सुदूरपश्चिम विश्वविद्यालयबाट इजरायल गएका ४९ जना विद्यार्थीका नेता विपिन सुवेदीसँग प्रधानमन्त्री प्रचण्डले भिडियो च्याट गरेका छन् ।

सरकारले उद्धारको पहल गरिरहेकाले नआत्तिकन प्रचण्डले आग्रह गरे । उद्धारको प्रक्रिया भइरहेको र चाँडै नै सफल हुने उनकोभनाइ छ । विद्यार्थी विपिन आचार्यले आफूहरू बङ्करमा रहेकाले छिटोभन्दा छिटो उद्धार गरिदिन आग्रह गरे । दूतावासले तयारी अवस्थामा रहनु भनेकाले आफूहरू तयारी अवस्थामा रहेको पनि उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर