सोमबार पनि नेप्से ओरालोतिर

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साताको कारोबारको दोस्रो दिन आज सोमबार दोहोरो अंकले घटेको छ । आज नेप्से १२.५८ अंकले घटेर एक हजार ९ सय ८ दशमलब ६६ विन्दुमा बन्द भएको हो ।

त्यस्तै, आज एक अर्ब १७ करोड एक लाख रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्सेका अनुसार आज कारोबार भएका ६६ कम्पनीको शेयरमूल्य बढेको छ भने १५८ कम्पनीकोे शेयरमूल्य घटेको छ । १० वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

आज एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । सयपत्रि हाइड्रोपावर लिमिटेडको शेयरमूल्य ६.८८ प्रतिशतले बढेर प्रतिकित्ता ५१३ रुपैयाँ पुगेको छ ।

बराही हाइड्रोपावर पब्लिक लिमिटेडका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज १० प्रतिशतले घटेको छ । नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी नबिल बैंकको भएको छ । यस कम्पनीको आज ३ करोड ५१ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर