इजरायल–हमास युद्ध : ३५० इजरायली र ३१३ प्यालेस्टिनीको मृत्यु

काठमाडौं । इजरायलले गत २४ घण्टामा हमासविरुद्ध गरेको हवाइ आक्रमणबाट कम्तीमा ३ सय १३ प्यालेस्टाइनीको मृत्यु भएको छ भने एक हजार ९ सय ९० जना घाइते भएको प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयले जनाएको छ । शनिबार बिहानैदेखि इजरायलमाथि हमास समूहको घातक अप्रत्याशित आक्रमण सुरु भएदेखि इजरायलले हमासलाई लक्षित गरी हवाई आक्रमण गरिरहेको छ।
यसैगरी इजरायली रक्षा बलले शनिबार हमासले आक्रमण गरेपछि मारिने इजरायलीको संख्या ३ सय ५० पुगेको बताएको छ । आइतबारको एक ब्रिफिंगमा, इजरायली रक्षा बल आइडिएफ) का प्रवक्ता रियर एड्मर ड्यानियल हगारीले इजरायलको अबको प्राथमिकताहरू इजरायली समुदायहरूमा लडाइँ अन्त्य गर्ने र गाजा र इजरायललाई विभाजन गर्ने सीमा हुने उल्लंघन नियन्त्रण गर्ने बताए।
आइडिएफले लडाकु विमानहरूले गाजामा हमासको गुप्तचर विभागका प्रमुखको घरमा आक्रमण गरेको जनाएको छ। आइडिएफले हाल गाजा पट्टीमा आतंककारीमाथि लक्ष्य गरी प्रहार गर्न जारी राखेको जनाएको छ ।
हमास लडाकुहरू अझै पनि दक्षिणी इजरायली शहरहरूमा उपस्थित रहेको हमास समूहले एक विज्ञप्तिमा जनाएको छ । विज्ञप्तिमा भनिएको छ कि, हमासले इजरायली शहरहरूमा रकेट प्रहार गरेर उनीहरूलाई समर्थन गरिरहेको छ। यी लडाकुहरू ओफकिम, सेडेरोट, याड मोर्देचाइ, केफर अजा, बेरी, याटेड र किसुफिममा उपस्थित रहेका छन् ।”


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर