सुन तोलामा तीन सय रुपैयाँले वृद्धि

काठमाडौं ।  सुनचाँदीको भाउ आज बढेको छ । सुनको भाउ तोलामा तीन सय रुपैयाँले र चाँदी तोलामा २० रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज सुनको भाउ तोलामा आज एक लाख सात हजार ६ सय रुपैयाँ छ । अस्ति तोलाको एक लाख सात हजार तीन सय रुपैयाँ थियो । यस्तै, चाँदीको भाउ आज तोलामा एक हजार तीन सय ३० रुपैयाँ रहेको महासंघले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर