इजरायल र हमासबीच भीषण युद्ध, तीन सयभन्दा बढीको मृत्यृ

काठमाडौं । हमासको आक्रमणपछि इजरायलले गाजापट्टीमा लगातार हवाई आक्रमण गरिरहेकाे छ । इजरायलको जवाफी कारबाहीमा परी गाजाका २ सय ३० भन्दा बढी मानिस मारिएको छन् भने १०० भन्दा बढी घाइते भएका छन् ।

इजरायलको सेनाले नाकाबन्दी झेलिरहेको गाजापट्टीका सात फरकफरक क्षेत्रका मानिसलाई आफ्नो घर छोडेर सिटी सेन्टर वा शिविरहरूमा जान भनेको छ । ठूलो संख्यामा मानिसहरू घर छोडेर संयुक्त राष्ट्र संघले सञ्चालन गरेको शिविरतिर बढिरहेका छन् ।

बीबीसीका अनुसार, अहिले गाजा क्षेत्रको अवस्था अत्यन्तै भयभीत छ । प्यालेस्टाइनी विद्रोही समूह हमासले शनिबार बिहानदेखि इजरायलमा आक्रमण गरिरहेको छ । इजरायलतर्फ ३ सयभन्दा बढी मानिस मारिएका छन् भने १५ सभन्दा बढी घाइते भएका छन् । हमासको आक्रमणमा परी ९ नेपाली विद्यार्थी गम्भीर घाइते भएका छन् । उनीहरू सबैको अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

हिजो हमासले बिहानदेखि नै इजरायलको उत्तर–दक्षिण क्षेत्रमा २० मिनेटमा पाँच हजारभन्दा बढी रकेटले आक्रमण गरेको थियो । जसमा सयौं इजरायलीको मृत्यु भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर