प्रधानमन्त्रीसँग राजनीतिक भेटघाट बाक्लो, बाटो खाली गर्न डा. शेखरको चेतावनी

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच सिंहदरबारमा शनिबार  भेटवार्ता भएको छ ।  भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष नेपालले समाजवादी मोर्चा नेपालको धनगढीमा गर्ने आमसभासहित सरकारलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको बताए ।

उनले भने, ‘भेटघाट भयो, विभिन्न विषयमा कुराकानी गरेका छौँ । समाजवादी मोर्चा नेपालको एउटा कार्यक्रम गर्न बाँकी छ, धनगढीमा । त्यो सल्लाह गरेर टुंगो लाग्छ । सरकारलाई प्रभवकारी बनाउने बारेमा छलफल भयो । अर्थतन्त्रकै बारेमा पनि सफल बनाउनेबारेमा छलफल भएको छ । उहाँले पनि योजना बनाउनुभएको रहेछ, हामीले पनि कसरी राम्रो बनाउने भनेर छुटै बैठक बस्ने सल्लाह दिएका छौँ । गबठन्धन दलका नेताहरु मात्रै बसेर सिंगो देशको मुक्ति र सञ्चालनकै सन्दर्भमा के समस्या रहेका छन्, हाम्रा अलगअलग धारणा छन् की छैनन्, कसरी समाधान गर्ने भन्ने विषयमा छलफल भयो । त्यस बाहेक दुई पार्टी बीचको सम्बन्धलाई कसरी घनिभुत र बलियो बनाउने भन्ने बारेमा प्रदेश र जिल्लामा संयन्त्र बनाइ कतिपय ठाउँमा देखिएका समस्या र गुनासाको सम्बोधनका बारेमा कुराकानी भयो । सरकारका विभिन्न निकायका नियुक्तिका बारेमा पनि कुराकानी भए । संयुक्त राष्ट्रसंघका महासचिवको नेपाल भ्रमणमा भेटघाटको सन्दर्भ, संसदमा सम्बोधन गर्नेकुराको सन्दर्भमा पनि कुरा भयो । सदन सञ्चालन कहिलेसम्म हुने ? त्यस बारेमा पनि कुरा भयो ।’

प्रचण्डलाई बाटो खाली गर्न कोइरालाको चेतावनी

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकार सरकारको बाटो खाली गरिदिन प्रधानमन्त्री पुष्पकमल दाहालसँग आग्रह गरेका छन् ।  काठमाडौँमा शनिबार आयोजित एक कार्यक्रममा उनले सरकारको देश अप्ठ्यारो स्थितिबाट अघि बढिरहेको भन्दै सरकार सच्चिन आवश्यक रहेको र सच्चिन नसके बाटो खाली गरिदिन आग्रह गरेका हुन् ।

उनले देशमा जताततै अराजकता रहेको उल्लेख गर्दै यस परिस्थितिलाई कांग्रेसबाहेक अरूले सम्हाल्न नसक्ने दाबी गरेका छन् । उनले देशको प्रधानमन्त्रीले पार्टीको सभापति झैँ दुई लाख मान्छे सडकमा उतार्छु, २०८४ मा माओवादीलाई जिताऊ म जातीय राज्य दिन्छु जस्ता अराजक अभिव्यक्ति दिएको बताए । उनले जातीय राज्य गोजीबाट निकालेर दिने हो ? भन्दै प्रश्न गरे । गैरजिम्मेवार अभिव्यक्ति प्रधानमन्त्रीबाट आउनु नेपालीहरूको लागि दुर्भाग्य रहेको उनको भनाई छ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर