माल्दिभ्सबाट भारतीय सेना हटाउने राष्ट्रपति मोइज्जुको घोषणा

काठमाडौं ।  माल्दिभ्सका नयाँ राष्ट्रपति मोहम्मद मोइज्जुले त्यहाँस्थित भारती सैनिकलाई हटाउने घोषणा गरेका छन्। माल्दिभ्सको नयाँ नेतृत्वका लागि भएको चुनावअघि नै दुई शक्ति राष्ट्र चीन र भारतबीच तानातानी भएको थियो। दुई राष्ट्रको तानातानीबीच माल्दिभ्समा चीननिकट मानिने मोइज्जु राष्ट्रपतिमा निर्वाचित भएका थिए।

भारतबाट करिब १२ सय किलोमिटरको दूरीमा ५ लाख जनसंख्यासहितको माल्दिभ्स सुन्दर द्वीपहरुका कारण विश्वप्रसिद्ध छ। जहाँ नेपाल र भारतसहितका सेलिब्रिटीदेखि सर्वसाधारणसम्म छुट्टी मनाउन पुग्छन्। पर्यटनले प्रसिद्ध यो देश पछिल्लो समय राजनीतिक फेरबदलका कारण चर्चाको शिखरमा छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर