“हेलिकप्टरको आवाजले चर्किएका घरहरु नभत्किउन्”

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बझाङमा भूकम्पबाट घर भत्किएका र चर्किएकालाई सुरक्षित आवासमा लैजानु पर्ने आवश्यकता रहेको उल्लेख गरेका छन् । भूकम्पपछि प्रभावित क्षेत्रको भ्रमण गरेका लामिछानेले पीडित सबैका लागि पर्याप्त त्रिपालसमेत नभएको बताएका हुन् ।

नले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रधानमन्त्रीज्यू आज भूकम्प प्रभावित जिल्ला बझाङ आउँदै हुनुहुन्छ भन्ने सुनेँ । यहाँ प्रभावितको व्यवस्थापनमा समस्या छ । सबैका लागि पर्याप्त त्रिपाल पनि छैन । चिसो बढ्दो छ, ओढ्ने-ओछ्याउने आवश्यक छ । बच्चा र ज्येष्ठ नागरिकको विशेष हेरचाह गर्नुपर्ने छ । स्वास्थ्य चौकीहरू र शिक्षालयहरूलाई प्राथमिकतामा राखी तत्काल वैकल्पिक उपायसहितका टेम्पोरेरी सेल्टर टेण्ट आवश्यक छन् ।’

उनको फेसबुक स्टाट्स यस्तो छः-

Rabi Lamichhane

प्रधानमन्त्रीज्यू आज भूकम्प प्रभावित जिल्ला बझाङ आउँदै हुनुहुन्छ भन्ने सुनें। यहाँ प्रभावितकाे व्यवस्थापनमा समस्या छ। सबैका लागि प्रयाप्त त्रिपाल पनि छैन। चिसाे बढ्दाे छ, ओढ्ने-ओछ्याउने आवश्यक छ। बच्चा र जेष्ठ नागरिककाे विशेष हेरचाह गर्नुपर्ने छ। स्वास्थ्य चौकीहरु र शिक्षालयहरुलाई प्राथमिकतामा राखी तत्काल बैकल्पिक उपाय सहितका टेम्पोरेरी सेल्टर टेण्ट आवश्यक छन् ।
प्रभावितलाई अब क्रमश: अरु समस्याले पिराेल्ने छ। घर भत्किएका र चर्किएकालाई विस्तारै सुरक्षित आवासमा लैजानु पर्ने छ। प्रभावितबीच पुग्दै गर्दा प्रधानमन्त्रीज्यूले पक्कै यी समस्याबारे साेच्नु भएकाे हाेला। प्रभावितलाई निरास नबनाउनुहुन आग्रह गर्दछु। हेलिकप्टरको आवाजले चर्किएका घरहरु नभत्किउन् , हेलीकप्टर गैसकेपछि सकेसम्म अरु पुग्न नसेकेका दुर्गम ठाउँ तिर पुग्नु होला। हामी बझाङका जनताको साथमा छौं।

May be an image of 4 people and templeMay be an image of 2 people and templeMay be an image of 2 peopleMay be an image of 2 people
May be an image of 2 people

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर