राष्ट्रपति रामचन्द्र पौडेललाई लागेको रोग के हो ?

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल गत चैत १८ गते पनि “पेटमा समस्या देखिएपछि” महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना भएका थिए। उपचारमा संलग्न निजी चिकित्सक डा. निरज बमले त्यसबेला राष्ट्रपतिको “बायाँ कोखा र पेटको भाग दुखेको” बीबीसीसँग बताएका थिए।

राष्ट्रपतिलाई सङ्क्रमण भएको आशङ्कामा एन्टिबायोटिक औषधिहरू चलाइएको चिकित्सकहरूले बताएका थिए। राष्ट्रपति पौडेललाई पुनः समस्या देखिएपछि वैशाख ४ गते अस्पताल लगिएको थियो।

अस्पतालले त्यसबेला बायाँ छातीको तल्लो भागबाट तरल पदार्थ निकालेर परीक्षण गरिएको विज्ञप्तिमार्फत् जनाएको थियो। उनलाई त्यसबेला निमोनिया भएको चिकित्सकहरूले बताएका थिए। सामान्यतया निमोनियाको कारण र कस्तो एन्टिबायोटिक प्रभावकारी हुन्छ भन्ने पत्ता लगाउन ‘प्ल्युरल फ्लुइड’ भनिने यस्तो तरल पदार्थको परीक्षण गरिने चिकित्सकहरू बताउँछन्।

निमोनियाको उपचार नेपालमै हुने भए पनि एन्टिबायोटिकले प्रभावकारी काम नगरेको भन्ने एम्सका चिकित्सकहरूको सुझावका कारण उनलाई दिल्ली लगिएको उनको सचिवालयको दाबी छ।

 

विदेशमा उपचारको आलोचना

नेपालका पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली, झलनाथ खनाल, सुशील कोइराला, गिरिजाप्रसाद कोइरालालगायतले पटक पटक सिङ्गापुर अमेरिका र भारत लगायतका राष्ट्र पुगेका थिए। त्यसैगरी पूर्वराष्ट्रपतिको पनि विदेशमा उपचार गरिएको थियो। राष्ट्रपतिलाई एअर एम्बुलेन्स प्रयोग गरेर विदेशमा लगिएको भने यो पहिलो पटक हो। केही स्वदेशी चिकित्सकहरूले राष्ट्रपतिको उपचार नेपालमै सम्भव हुँदाहुँदै विदेशमा लान सिरफारिश गर्न नपरेको भनी आलोचना गरेका छन् । सबैजसो रोगको नेपालमै उपचार हुने भए पनि मन्त्री, प्रधानमन्त्री, राष्ट्रपति जस्ता उच्च ओहोदामा पुगेपछि राजनीतिक नेताहरूको उपचार राष्ट्रको ढुकुटी प्रयोग गरेर गर्ने गरिएको भनेर चर्को आलोचना हुँदै आएको छ। (बिबिसी नेपाली सेवाबाट साभार)

अस्पताल विज्ञप्ती


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर