सिरियामा ड्रोन आक्रमण : सय जनाभन्दा धेरैको मृत्यु

काठमाडौं । सिरियामा सैनिक अधिकृतको दीक्षान्त समारोहमा ड्रोन आक्रमण हुँदा सय जनाभन्दा धेरैको ज्यान गएको छ । कम्तीमा २ सय ४० जना घाइते भएका छन् ।

होम्सको सैन्य कलेजमा समारोह चलिरहेका बेला आक्रमण भएको त्यहाँका स्वास्थ्यमन्त्रीलाई उद्धृत गरी अलजजिराले जनाएको छ । स्वास्थ्यमन्त्री हसन अल–घाबासले घाइतेहरुको अवस्था पनि निक्कै गम्भीर रहेको बताए ।

समारोहमा रक्षामन्त्री सहभागी भएर फर्किएलगत्तै ड्रोन आक्रमण भएको थियो । यो घटनालाई सिरियाली सैनिकमाथिको अहिलेसम्मकै घातक मानिएको छ । दीक्षान्त समारोहमा सैन्य अधिकृतसहित उनीहरुका परिवार र आफन्त सहभागी थिए । पछिल्ला १२ वर्षदेखि सिरिया गृहयुद्धको चपेटामा परेको छ ।

आक्रमणको अहिलेसम्म कसैले पनि जिम्मा लिएको छैन । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले पनि होम्समा भएको ड्रोन आक्रमणप्रति दुःख व्यक्त गरेका छन्  ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर