एसियाड क्रिकेट : भारत फाइनलमा

काठमाडौं ।  एसियाली खेलकुद अन्तर्गत क्रिकेटमा बङ्लादेशलाई हराउँदै भारत फाइनलमा पुगेको छ । चीनको हाङझाउमा आज भएको पहिलो सेमिफाइनल खेलमा भारतले बङ्लादेशलाई ९ विकेटले हरायो । टस हारेर पहिला ब्याटिङ गरेको बङ्लादेशले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९६ रन बनाएको थियो । जितका लागि ९७ रनको सामान्य लक्ष्य पछ्याएको भारतले ९ ओभर २ बलमा एक विकेट गुमाएर भेट्टायो ।

उसका कप्तान रितुराज गायकवाडले ४० र तिलक बर्माले ५५ रन बनाए । यसअघि भएको क्वाटरफाइनल खेलमा भारतले नेपाललाई २३ रनले हराएको थियो । अब भारतले फाइनलमा आज हुने दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ । दोस्रो सेमिफाइनलमा नेपाली समय अनुसार बिहान पौने १२ बजे पाकिस्तान र अफगानिस्तान खेल्दैछन् । फाइनल खेल भोलि हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर