व्यवसायी र सरकारको अलमलले गर्दा दशैंको टिकट खुलेन्

काठमाडौं । यातायात व्यवसायीहरूले फेरि पनि दशैंको मुखमा भाडा दर वृद्धि गर्ने तयारीमा जुटेका छन् । पटक पटकको भाडा वृद्धिले हैरान बनेको सर्वसाधारणलाई फेरि पनि भाडा वृद्धि गर्न माग गरे पनि सरकारले भने स्वीकृति दिएको छैन ।

भौतिक पूर्वाधार यातायात मन्त्रालयका यातायात व्यवस्थापन शाखाका सिनियर डिभिजन इन्जिनियर सुरेश श्रेष्ठका अनुसार भाडा दर बढाउनेबारे कुनै निर्णय भएको छैन बढाएको पाएमा कडा कारबाही गर्छौं । जनतालाई सेवा सुविधा दिनु पनि व्यवसायीको कर्तव्य हो मनपरी असुल गर्ने मात्र ध्यानमा व्यवसायी लाग्नु नहुने उनको भनाइ छ ।

यता व्यवसायीले दशैं, तिहारका लागि अग्रिम टिकट खोल्नुपर्ने भए पनि हालसम्म नखोलेको र भाडा दर वृद्धि गरेपछि मात्र खोल्ने तयारी गरेको एक व्यवसायीले जानकारी दिए । तर अग्रिम टिकट खोल्नेबारे तत्काल कार्य अगाडि बढाउन मन्त्रालयले निर्देशन दिएको श्रेष्ठले बताए । सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छैन । त्यस कारण भाडा दर बढ्नुपर्ने कुनै कारण छैन, उनको भनाइ छ ।

गत चैत्रमा मूल्य समायोजन गर्नुपर्ने भाडा समायोजन नभएकाले भाडा समायोजन गर्नुपर्ने भन्दै व्यवसायीहरूले माग गरेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाका अनुसार सरकारले गत चैत्रमा समायोजन गर्ने भनेको भाडा दर नबढाएसम्म अग्रिम टिकट गाह्रो हुन्छ । उनले भने, “सरकारले चैत्रमा समायोजन गर्नुपर्ने भाडा अहिलेसम्म समायोजन गरेको छैन । हाम्रो माग यही हो । भाडा समायोजन नगरेसम्म टिकट खोल्दैनौं ।” तर सरकारले भने जनताको हितमा पनि व्यवसायी लाग्नुपर्ने भन्दै भाडा दरमा कडाइका साथ अनुगमन गर्ने जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर