अभिनेत्री आरती मित्तल यौनधन्धामा लागेको अभियोगमा पक्राउ

मुम्बई । भारतको मुम्बई प्रहरीको अपराध शाखाले भारतीय कास्टिङ निर्देशक तथा टिभी अभिनेत्री आरती मित्तललाई यौन कार्यमा संलग्न भन्दै सोमबार पक्राउ गरेको छ ।

आरतीमाथि फिल्म उद्योगमा यौनधन्दा चलाउने, ग्राहकलाई मोडल आपूर्ति गराउने आरोप लागेको छ । मुम्बई क्राइम ब्रान्च युनिट ११, डिन्डोशी प्रहरीले भारतको गोरेगाउँ क्षेत्रमा चलिरहेको यौन कार्यको पर्दाफास गरेको छ । प्रारम्भिक अनुसन्धानपछि, आरती मित्तलविरुद्ध आईपीसी धारा ३०७ र अवैध ओसारपसार र यौनकार्यको अन्य धाराअन्तर्गत मुद्दा दर्ता गरिएको छ ।

भारतीय सञ्चार माध्यमहरुका अनुसार प्रहरी अधिकारीले आफैंले उक्त क्षेत्रमा एक कर्मचारीलाई नक्कली ग्राहक बनाएर पठाएका थिए जसले सम्पूर्ण घटना रेकर्ड गरेको थियो ।

सोही कार्यमा अन्य दुई मोडल पनि पक्राउ परेका छन्, जसलाई प्रहरीले उद्धार गरी पुनर्वास केन्द्रमा पठाएको छ । आरतीले ती दुई महिलालाई १५ हजार भारतीय रुपैयाँ दिने भन्दै प्रलोभनमा पारेको प्रहरीले जनाएको छ । आरतीले आफूले ग्राहकमार्फत एक महिलाबाट ६० हजार रुपैयाँ लिने गरेको प्रहरीसामु बताएकी छन् । (एजेन्सी)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर