रिगलका विषयमा पन्छिँदै माधव नेपाल र गगन थापा ?

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपालगञ्जका चेतन मानन्धरको हत्याका दोषी जेल सजायकै क्रममा आममाफी पाएर रिहा भएका ‘रिगल’ भनिने योगराज ढकालका बारेमा आफूहरूलाई कुनै जानकारी नदिई निर्णय गरेको दाबी गरेका टन् ।

आज बिहीबार रौतहटको चन्द्रनिगाहपुरमा भएको कार्यक्रममा अध्यक्ष नेपालले मन्त्रिपरिषद्ले निर्णय गर्नुअघि आफूहरूलाई कसैले केही जानकारी नदिएको बताए । ज्यान मार्ने अपराध पुष्टि भएर जन्मकैद भएको व्यक्तिलाई छुटाउनु कानुनी राज्यकै अपमान भएको उनको भनाइ छ ।

अध्यक्ष नेपालले यस विषयमा आफूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष कुरा राख्ने पनि बताए । कानुन मिचेर काम गर्नेलाई सरकारले दण्डित गर्नुपर्नेमा उन्मुक्ति दिन नहुने उनको भनाइ छ ।

मानन्धरलाई खुँडा प्रहार गरी हत्या गरेको कसुरमा जेल परेका ‘रिगल’ को १२ वर्ष कैद सजाय तोकेकोमा सरकारले संविधान दिवसका अवसरमा माफी दिएपछि चौतर्फी विरोध भइरहेको छ । मानन्धरकी श्रीमती भारतीले सर्वोच्चमा रिट दिएकी छन् ।

यसैगरी नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गुन्डा नाइके ‘रिगल’ भनिने योगराज ढकाललाई आममाफी दिने निर्णयमा सरकारसँग जवाफ मागेका छन् ।
आज बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा महामन्त्री थापाले गलत निर्णय भएकाले सरकारले त्यसको जवाफ दिनुपर्ने बताए । आममाफीको मुद्दा सर्वोच्च अदालतमा पुगिसकेको र सदनमा पनि कुरा उठेकाले सरकारले जवाफ दिनुपर्ने थापाको भनाइ थियो ।

उनले भने, ‘सरकारबाट यो गलत निर्णय भएको छ । आममाफी दिनुको कारण यहाँ उभिएर बताउनुपर्छ । निर्णय गरेर भाग्न पाइँदैन । कानुनी छिद्र प्रयोग गर्ने क्रम बढ्दो छ । अब कानुन फिर्ता लिनुपर्छ र संशोधन गरेर परिमार्जन गर्नुपर्छ ।’ रिगल भन्ने कांग्रेसका कार्यकर्ता हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर