बिहीबार पनि नेप्से ओरालोतर्फ

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा  बिहीबार दोहोरो अंकले घटेको छ । आज नेप्से ११.०४ अंकले घटेर एक हजार ९ सय ५६ दशमलब ९२ विन्दुमा बन्द भएको हो ।

त्यस्तै, आज एक अर्ब १० करोड ६५ लाख रुपैयाँबराबरको कारोबार भएको छ । नेप्सेका अनुसार आज कारोबार भएका ४८ कम्पनीको शेयरमूल्य बढेको छ भने १७२ कम्पनीकोे शेयरमूल्य घटेको छ । १२ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज बराही हाइड्रोपावर लिमिटेडको शेयरमूल्य ९.३० प्रतिशतले बढेर प्रतिकित्ता ५०२.८० रुपैयाँ पुगेको छ । यस्तै, आज इस्टर्न हाइड्रोपावर लिमिटेडको शेयरमूल्य पनि ८.२६ प्रतिशतले बढेर प्रतिकित्ता ३७८.९० रुपैयाँ पुगेको छ ।

आज इन्फिनिटी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज ९.९४ प्रतिशतले घटेको छ । नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी सिटिजन्स लाइफ इन्सुरेन्स कम्पनीको भएको छ । यस कम्पनीको आज ४ करोड ४३ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर