प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौं ।  संघीय संसद्‌को तल्लो सदन (प्रतिनिधि सभा)को बैठक आज (बिहीबार) बस्दै छ। बिहीबार दिनको १ बजे बस्ने बैठकका सम्भावित ३ वटा कार्यसूची रहेका छन्। बैठकको सुरुपमा सभामुख देवराज घिमिरेले ‘विद्युत् विधेयक २०८०’लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालबाट प्राप्त विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्नेछन्।

उक्त सूचनामाथि निर्णय भएपछि उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले ‘विद्युत् विधेयक २०८०’ लाई सभामा पेस गर्नेछन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर