सिक्किमको बाढीमा १४ जनाको मृत्यु

काठमाडौं ।  सिक्किममा आएको बाढीमा १४ को ज्यान गएको पुष्टि भएको छ । १ सय २० जना भन्दा धेरै बेपत्ता रहेका छन् । हिन्दुस्तान टाइम्सका अनुसार सरकारी अधिकारीहरूले अहिलेसम्म १४ जनाको मृत्यु भएको पुष्टि गरेका छन् भने १ सय २० जना बेपत्ता छन् । जसमध्ये २३ भारतीय सेनाका सैनिक छन् ।

बुधबार बिहान परेको भारी वर्षापछि सिक्किमको ग्लेशियर तालले आफ्नो किनार भत्काएर अचानक बाढी निम्त्याएको थियो। हिन्दुस्तान टाइम्सले अधिकारीहरूलाई उद्धृत गर्दै लेखेको छ कि मृत्यु हुनेको संख्या बढ्न सक्छ। लगातारको वर्षाका कारण उद्धार कार्यमा धेरै समस्या भइरहेको छ । बाढी र हिलोका कारण आसपासका क्षेत्रमा ठूलो जनधनको क्षति भएको प्रशासनले जनाएको छ । बाढीका कारण उक्त क्षेत्रमा तीन हजारभन्दा बढी पर्यटक अलपत्र परेको र उनीहरुको सकुशल उद्दारका लागि पहल भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर