कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौँ ।  नेपालमा हाल भारतको पश्चिम बङ्गाल र झारखण्ड आसपास रहेको न्यून चापीय क्षेत्रको  प्रभाव रहेको छ। जसको प्रभावले हाल कोशी र मधेस प्रदेशमा आंशिकदेखि सामान्य रही बाँकी भूभागमा सामान्यतया मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले छ। आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरू र बाँकी प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

आज राति भने कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। शुक्रबार कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। शनिबार पनि  कोशी, बागमती, गण्डकी प्रदेशको पहाडी भू(भागका थोरै स्थानहरूमा र बाँकी भू-भागका एक-दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर