नेप्सेमा ९.२४ अंकको सुधार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको चौथो दिन आज बुधबार दोहोरो अंकको सुधार भएको छ । आज नेप्से ९.२४ अंकले बढेर एक हजार ९ सय ६७ दशमलब ९७ विन्दुमा बन्द भएको हो ।

त्यस्तै, आज एक अर्ब १८ करोड ९९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्सेका अनुसार आज कारोबार भएका १७४ कम्पनीको शेयरमूल्य बढेको छ भने ५२ कम्पनीकोे शेयरमूल्य घटेको छ । ६ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।  तीन कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । जसमा मध्यभोटेकोशी जलविद्युत कम्पनी, बुद्धभुमी हाइड्रोपावर र इन्फिनिटी लघुवित्त वित्तीय संस्था  रहेका छन् । यी कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

आज समता घरेलु लघुवित्त वित्तीय संस्थाका  लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज ६ प्रतिशतले घटेको छ । नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनीको भएको छ । यस कम्पनीको आज ६ करोड ९३ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर