भूकम्पबाट भएको क्षतिप्रति पूर्वराजा ज्ञानेन्द्र चिन्तित

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले सुदूरपश्चिम प्रदेशमा हिजो गएको भूकम्पप्रति चिन्ता व्यक्त गरेका छन्।

बझाङ जिल्लालाई केन्द्रबिन्दु बनाएर आएको शक्तिशाली भूकम्पका कारण सुदूरपश्चिम क्षेत्रका विभिन्न जिल्लामा ठूलो क्षति पुगेको र जनसाधारण त्रासदीमा परेको खबर सुन्दा गहिरो दुःख लागेका पूर्वराजा शाहले जनाएका छन्।

‘ठूलो भूकम्पपछि उत्पन्न पराकम्पको क्रम चलिरहेको यो अवस्थामा त्यहाँ पूर्ण सर्तकता आवश्यक रहेको हाम्रो धारणा छ’, पूर्वराजाको स)वाद सचिावलयले भनेको छ। सचिवालयका अनुसार भूकम्पबाट घाइतेहरुको शीघ्र उपचार तथा क्षतिबाट प्रभावित घर परिवारको राहत निमार्णतर्फ तत्काल सबन्धित सबैको ध्यान पुगोस् भन्ने पूर्वराजाले आग्रह गरेका छन्।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर