नेपालगञ्जमा अनिश्चितकालीन कर्फ्यु आज पनि जारी

काठमाडौं । हिन्दु–मुसलमानबीचको सामाजिक सद्भाव भड्किने आशंकामा बाँकेको नेपालगञ्ज उपमहानगरभित्र मंगलबारदेखि लगाइएको अनिश्चितकालीन कर्फ्यु आज पनि जारी छ। मंगलबार केही अशान्त बनेको नेपालगञ्ज आज भने शान्त देखिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी सन्तोषसिंह राठौरले बताए।
नेपालगञ्जमा उपद्रव हुन नदिन यतिबेला ठूलो संख्यामा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको उनको भनाइ छ। मान्छेको भीडभाडमा रोक लगाइएको छ। सुरक्षा समितिको बैठक बसेर कर्फ्यु कति लम्ब्याउने भन्नेबारे थप निर्णय गरिने उनले बताए।
प्रतिक्रिया