अनशनकारी भारती अदालतपरिसरमा नै ढलिन्

काठमाडौं । रिगल भनिने योगराज ढकालको कैद मिनाहविरुद्ध अनशन थालेकी भारती मानन्धर सर्वोच्च अदालत परिसरमै ढलेकी छन् । कैद मिनाह गर्ने राष्ट्रपतिको निर्णयविरुद्ध दिएको रिटको तारेख लिन उनी सर्वोच्च पुगेकी थिइन् । तारेख बुझेर फर्किने क्रममा उनी अदालत परिसरमै ढलेकी हुन् । बेहोस भएर ढलेपछि उनलाई उपचारका लागि वीर अस्पताल लगिएको छ ।

भारतीलाई उपचारका लागि अस्पताल लगिएको  छ । श्रीमान चेतन मानन्धरको हत्यामा दोषी ठहर भएका रिगलको कैद मिनाह भएपछि उनी न्याय माग्दै काठमाडौं आएकी छिन् । उनले बुधबारदेखि माइतीघर मण्डलामा दुई घन्टे रिले अनशनसमेत थालेकी छिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर