अमेरिकी सरकारद्वारा एमसिसी व्याख्यात्मक विश्लेषण स्वीकार

काठमाडौं । अमेरिकी अनुदान सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसनले नेपालले एमसीए सम्झौता अनुमोदनका क्रममा गरेको व्याख्यात्मक विश्लेषणलाई विशेष अवस्थाको सिफारिसका रूपमा स्वीकार गरेको छ । एमसीए नेपालको कार्यान्वयनको अवस्था बुझ्न नेपाल भ्रमणमा आउनु भएकी एससिसीकी प्रमुख कार्यकारी अधिकृत एलिस पिटर्सन अलब्राइटले नेपाल सरकारले गरेको त्यो व्याख्यात्मक विश्लेषणलाई अमेरिकी सरकारले स्वीकार गरेको बताएकी हुन् ।

काठमाडौंमा मङ्गलबार आयोजित पत्रकार भेटघाटमा उनले भनिन्, “हाम्रो सरकारले यो व्याख्यात्मक विश्लेषणलाई असाधारण रूपमा गरिएको सिफारिसका रूपमा स्वीकार गरेको छ ।” पत्रकार सम्मेलनमा यो आफ्नो दोस्रो नेपाल भएको बताउँदै प्रमुख कार्यकारी अधिकृत अलब्राइटले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग फलदायी भेटवार्ता भएको जानकारी गराइन् ।

त्यस्तै उपप्रधानमन्त्री, अर्थमन्त्री, उर्जामन्त्रीसँग पनि एमसिसी सहकार्यका विषयमा गहन छलफल भएको उनले औंल्याइन् । नेपालमा बढी विश्वासिलो विद्युत, ऊर्जा, सडक सञ्जाल र सम्भावित निर्यात बजारको सिर्जना गर्नै नेपाली जनताको जीवन सन्तुष्ट बनाउन एमसिसीअन्तर्गतको ट्रान्समिसन लाइनले सघाउने दाबी अलब्राइटले गरिन् । यो वर्ष एमसिसी कार्यान्वयनसँगै नेपाल–अमेरिका सम्बन्धको अर्को कोसेढुङ्गा भनेको दुई देशबीचको ७६ औँ वर्षगाँठ रहेको बताइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर