सुन आज तीन सयले महँगियो

काठमाडौं ।  केही दिनयता लगातार घटेको सुनको भाउ आज भने बढेको छ ।

आज सुनकाे भाउ तोलामा तीन सय रुपैयाँले बढेर एक लाख ६ हजार ९ सय रुपैयाँमा पुगेको छ । सुनको भाउ हिजो तोलामा एक लाख ६ हजार ६ सय रुपैयाँ थियो ।आज चाँदीको भाउ भने स्थिर छ । चाँदी हिजो जस्तै तोलामा एक हजार तीन सय १० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर