सामाजिक सदभावमा खलल पुग्ने आशंकामा धर्मगुरु श्रीनिवासाचार्य पक्राउ

काठमाडौं । नेपालमा हिन्दू धर्मको रक्षाका लागि धर्मयुद्ध चर्काउने अभिव्यक्ति दिने श्रीनिवासाचार्य सुनसरीबाट मंगलबार पक्राउ परेका छन्।
जनकपुरमा गाई काट्नेलाई हत्या गरी आउनेको परिवारलाई लालनपालन र जेलमासमेत संरक्षण गर्ने अभिव्यक्ति दिएका थिए ।

सुनसरीको बराहक्षेत्र नगरपालिकाको चक्रघट्टी क्षेत्रबाट पक्राउ गरेर धर्मगुरु श्रीनिवासलाई सामाजिक सदभाव बिथाल्न खोजेको आरोपमा इनरुवा लगिएको स्थानीय बासिन्दाले बताएका छन्। धरानलगायतका स्थानमा गाई काटेर भोज खाएको भिडियो सार्वजनिक भएपछि उनले हिन्दू धर्म र गाईको रक्षाको आवाज उठाउँदै आएका थिए।

केही विवादास्पद अभिव्यक्ति दिएका कारण उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी नवीनकृष्ण भण्डारीले बताए। श्रीनिवास विराटनगरमा आफैंले गोली हान्न लगाएर विवादमा आएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर