बडा दशैँको टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११ बजेर दुई मिनेटमा

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको बडा दशैं टीकाको साइत निकालेको छ । यसपालीको विजया दशमीको उत्तम साइत कात्तिक ७ गते बिहान ११ बजेर दुई मिनेट रहेको छ ।

यस वर्षको बडा दशैँ अर्थात् दुर्गा पक्षको सुरुआत भने असोज २८ गते आइतबार हुनेछ । जसलाई नवरात्रारम्भ पनि भनिन्छ । त्यसदिन बिहान ११ः२९ बजे घटस्थापना गर्ने साइत रहेको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए ।

घटस्थापनाका दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले दुवैको शान्ति गरेर घटस्थापना गर्नु शास्त्रसम्मत् हुने पनि उनले बताए । कात्तिक ७ गते विजया दशमीका दिन बिहान १०ः३७ बजे देवी विसर्जनको साइत रहेको छ । देवी विसर्जन सकेपछि दुर्गाको प्रसाद ग्रहण गर्न दिनभर कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान ११ः०२ बजेको साइत निकालिएको समितिले जनाएको छ ।

गत साउन महिनामा अधिक मास परेका कारण यस वर्ष असोज अन्तिमदेखि नेपालीको महान् पर्व बडा दशैँ सुरु हुँदैछ । कात्तिक पहिलो साता बडा दशैँको मुख्य दिन अर्थात् विजया दशमी परेको छ । कात्तिक ११ गते कोजाग्रत पूर्णिमा मनाएपछि १५ दिन लामो बडा दशैँ पर्व समाप्त हुन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर