बेइजिङ आगलागीमा मृत्यु हुनेको संख्या २९ पुग्यो

काठमाडौं । चीनको बेइजिङस्थित एक अस्पतालमा आगलागी हुँदा २९ जनाको मृत्यु भएको छ ।

बेइजिङको चाङफेङ अस्पतालमा भएको आगलागीमा परी २९ जनाको मृत्यु भएको हो ।

सो अस्पतालको अन्तरंग विभागबाट फैलिएको आगो अस्पताल भवनको अन्य कक्षहरुमा समेत फैलिएको थियो ।

आगलागी भए लगत्तै सोही अस्पतालमा उपचाररत ७१ जना बिरामीलाई बाहिर निकालिइएको थियो ।

आगलागी भएको आधा घण्टाका बीचमा आगो नियन्त्रणमा लिईएतापनि आगलागीका कारण ठूलो जनधनको क्षति भएको हो ।

अहिले आगलागीको कारणबारे छानबिन थालिएको छ । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर