कांग्रेस नेतालाई खुकुरी हान्ने श्यामबहादुर जेल चलान

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार गर्ने श्यामबहादुर सापकोटालाई जेल चलान गरिएको छ ।

उनले गत भदौ २० गते काठमाडौंमा यादवमाथि खुकुरी प्रहार गरेका थिए । जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद अधिकारीको सोमबारको इजलासले सापकोटालाई जेल चलान गर्ने आदेश दिएको हो ।

उनीविरुद्ध ज्यान मार्ने उद्योगको कसुरमा १० वर्षसम्म कैदसजाय माग गर्दै मुद्दा दर्ता गरिएको थियो। उनलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाएको हो । सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार गरेपछि नुवाकोट विदुर –७ का ४७ वर्षीय सापकोटाले राजसंस्थाको पक्षमा नारा लगाएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर