नेता ओलीद्वारा कैदीलाई दिइएको आममाफीको विरोध

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान दिवसको अवसर पारेर कैदीलाई दिइएको आममाफीको विरोध गरेका छन् । प्रतिनिधिसभाको मङ्गलबार बसेको बैठकमा ओलीले एसिड आक्रमण गर्नेलाई अदालतले १० वर्ष सजाय तोकेपनि सरकारले छोडेकोप्रति आपत्ति जनाएको हो । उनले एसिड आक्रमण पीडित मुस्कान खातुनलाई सरकारले उपचार खर्चसमेत नदिएको बताए ।
उनले हिंसात्मक घटनालाई प्रोत्साहित गर्नेगरी अपराधीलाई कैद मिनाहा गरेको जिकिर गरे । ओलीले यो देशमा न्याय छैन कि यही हो न्याय ? भन्दै प्रश्नसमेत गरे ।

‘‘आज चार वर्ष नभइकन एसिड आक्रमण गर्नेलाई नेपालमा मात्रै नभई अन्तर्राष्ट्रिय रुपमा समेत परिचित भइसकेकी बालिका हुन् मुस्कान खातुन । उनको घाउ निको भएको छैन । उनको उपचार चलिरहेको छ । तर सरकारले एसिड आक्रमणलाई छोडिसक्यो । सरकारले उनको उपचार गराइरहेको छैन ।,’’ अध्यक्ष ओलीले भने, ‘‘एसिड आक्रमण पीडितलाई उपचार गर्न नसक्ने, उनको अरु प्रबन्ध गरिदिन नसक्ने । हिंसात्मक घटनालाई प्रोत्साहित गर्नेगरी त्यस्ता अपराधीलाई चार वर्ष पनि भएको छैन । कडा कानुन ल्याइयो भनेर देशमा खुशीयाली मनाइयो । महिला जगत खुशी भएको थियो । हाम्रा चेलीले सुरक्षाको अनुभूति गरेका थिए । उनीहरुलाई सरकारले छोडिदियो ।’’ अध्यक्ष ओलीले कानुन नमान्ने भए अपराधीका लागि कानुनमा यति सजाय भनेर किन तोक्नुपर्छ भन्दै प्रश्न गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर