नेपालगञ्जमा अनिश्चितकालका लागि कर्फ्यु आदेश जारी

काठमाडौं । बाँकेको नेपालगञ्जमा मंगलबार दिउँसो १ बजेदेखि अनिश्चितकालका लागि कर्फ्यु आदेश जारी गरिएको छ। सामाजिक र धार्मिक सद्‌भाव भड्किने संकेत देखिएपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यु लगाएको हो। प्रमुख जिल्ला अधिकारी विपिन आचार्यद्वारा जारी आदेशमा हिन्दु र मुस्लिम समुदायबीच तनाव सिर्जना हुने संकेत देखिएपछि नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा कर्फ्यु जारी गरिएको जनाइएको छ।

हिन्दुहरूको समूह मंगलबार नेपालगञ्जमा भेला भएर प्रदर्शनमा उत्रिएको छ। ओमकार परिवार, हिन्दु समाज र शिव सेना नेपालले संयुक्त रुपमा बागेश्वरी मन्दिरदेखि सुरु गरेको र्‍यालीले बजार परिक्रमा गरेको थियो। ठूलो संख्यामा निस्किएको जुलुसमा घरमाथिबाट ढुंगा र इँटा प्रहार भएको र स्थिति असामान्य भएपछि कर्फ्यु लगाइएको आचार्यले जारी गरेको आदेशमा उल्लेख छ। (तस्बिरःसांकेतिक)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर