र्‍यापर यो यो हनी सिंह र मोडल टीना थडानीको ब्रेकअप

काठमाडौं । भारतीय गायक तथा र्‍यापर यो यो हनी सिंह र मोडल टीना थडानीको ब्रेकअप भएको छ ।

हनी र टीना पछिल्लो एक वर्षदेखि एकअर्कालाई डेट गरिरहेका थिए । ब्रेकअपपछि दुवैले सामाजिक सञ्जालमा एकअर्कालाई अनफलो गरे । यस्तै, उनीहरूले सँगै खिचिएका सबै तस्बिरहरू पनि डिलिट गरेका छन् ।

भारतीय सञ्चार माध्यमहरुका अनुसार उनीहरू दुवै आफ्नो जीवनमा धेरै फरक चीजहरू चाहन्थे, त्यसैले उनीहरूले अलग हुने निर्णय गरे ।

टीनासँग डेट गर्नुअघि हनीले शालिनी तलवारसँग २०११ मा विवाह गरेका थिए । गत वर्ष मात्र हनीले शालिनीसँग सम्बन्ध विच्छेद गरेका थिए ।

हनी र टीना थडानी गत वर्ष अप्रिलदेखि डेट गरिरहेका थिए । जनवरी २०२३ मा हनीले एक सार्वजनिक कार्यक्रममा टीनालाई आफ्नी प्रेमिकाको रूपमा परिचय गराए ।

अहिले दुवैले आपसी सहमतिमा ब्रेकअप गर्ने निर्णय गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर