झारखण्डमा वर्षा र चट्याङबाट आठ जनाको मृत्यु

काठमाडौं ।  भारतको पूर्वी राज्य झारखण्डमा ठूलो वर्षा र चट्याङका कारण आठ जनाको ज्यान गएको छ । क्षेत्रीय विपद् व्यवस्थापन निकायका अनुसार वर्षाका कारण आएको बाढी र डुबानका कारण अन्य कयौँ व्यक्ति घाइते भएका छन् ।

झारखण्डका केही भागमा शनिवारदेखि नै पानी परिरहेको छ । घर तथा भौतिक संरचनामा पनि क्षति पुगेको छ । सडक पनि डुबानमा परेका छन् । जनजीवन प्रभावित भएको छ । भारतीय मौसम विज्ञान विभागले अझै दुई/तीनदिनसम्म भारतका केही ठाउँमा ठूलो पानी पर्ने जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर