मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । भारतीय रुपैैयाँ १०० को खरिदर १६० रुपैयाँ र विक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । मंगलबार अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ ५७ पैसा र बिक्रीदर १३३ रूपैयाँ १७ पैसा पुगेको छ । सोमबार अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ ८६ पैसा र बिक्रीदर १३३ रूपैयाँ ४६ पैसा पुगेको थियो ।

आज युरोपियन युरो एकको खरिदमा १३९ रूपैयाँ ६६ पैसा र बिक्रीमा १४० रूपैयाँ २९ पैसा पाइन्छ । सोमबार युरोपियन युरो एकको खरिदमा १४० रूपैयाँ ८६ पैसा र बिक्रीमा १४१ रूपैयाँ ४८ पैसा थियो । अष्ट्रेलियन डलर एकको खरिददर भने ८४ रूपैयाँ ८४ पैसा र बिक्रीदर ८५ रूपैयाँ २२ पैसा कायम गरिएको छ ।

आज कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ३६ पैसा र बिक्रीमा ३६ रूपैयाँ ५३ पैसा पाइन्छ । राष्ट्र बैंकले आजको लागि युएई दिराम एकको खरिददर ३६ रूपैयाँ ०९ पैसा र बिक्रीदर ३६ रूपैयाँ २६ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिदमा २८ रूपैयाँ १० पैसा र बिक्रीदर २८ रूपैयाँ २३ पैसा पाइन्छ ।

कुवेती दिनार एकको खरिददर ४२८ रूपैयाँ ८३ पैसा र बिक्रीदर ४३० रूपैयाँ ७८ पैसा तोकिएको छ भने बहराइन दिनार एकको खरिददर ३५२ रूपैयाँ ०२ पैसा र बिक्रीदर ३५३ रूपैयाँ ६१ पैसा तोकिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर