एसीसी प्रिमियर कप – आज दुई खेल हुँदै

काठमाडौं । राजधानीमा जारी एसीयन क्रिकेट काउन्सिल(एसीसी) प्रिमियर कपमा आज बुधबार दुई खेल हुदैछ ।

मुलपानी मैदान र टियु मैदानमा समान १-१ खेल आयोजना हुदैछ ।

मुलपानी मैदानमा हुने खेलमा समूह ए का ओमान र कतारबीच खेल हुदैछ ।

ओमान र कतारबीचको यो खेल दुवै टोलीका लागि पहिलो खेल हो । उपाधी दावेदार ओमान जितका साथ प्रतियोगिता सुरुआत गर्न चाहन्छ । कतार पनि सोहि लक्ष्यमा हुनेछ ।

टियु मैदान कीर्तिपुरमा आयोजना हुने खेलमा समूह बी का युएई र कवेतबीच खेल हुदैछ । मंगलबार भएको समूह बी को पहिलो खेलमा हङकङले जित हात पारेको थियो ।

उपाधी दावेदार युएई जितका साथ प्रतियोगिता सुरुआत गर्न चाहन्छ । कुवेत पनि सोहि लक्ष्यमा हुनेछ ।

दुवै खेल बिहान नौ बजे सुरु हुनेछ । फाइनल बाहेकका हरेक दिन दुवै मैदानमा समान १-१ खेल हुनेछ ।

वैशाख १८ गते सम्म संचालन हुने प्रतियोगिताका खेलहरु कीर्तिपुरस्थित टियु मैदान र मुलपानीमा रहेको क्रिकेट मैदानमा खेल संचालन हुनेछ ।

कुल २४ खेल हुने प्रतियोगिताको फाइनल खेल वैशाख १८ गते टियु मैदानमा आयोजना हुनेछ ।

यस प्रतियोगितामा १० राष्ट्रको सहभागीता रहेको छ । सहभागी १० राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह ए मा आयोजक नेपाल सहित मलेसिया,साउदी अरेबिया, कतार र ओमान रहेका छन् । समूह बी मा बहराइन,कुवेत,सिंगापुर,हङकङ र युएई रहेका छन् ।

हरेक समूहमा शीर्ष स्थानमा रहने दुई टोली सेमिफाइनल खेल्ने छन् । सेमिफाइनलका विजेता राष्ट्रले फाइनल खेल्ने छ।

फाइनलको विजेता टोली एसीया कपका लागि छनोट हुनेछ । एसीया कप आगामी सेप्टेम्बरमा आयोजना हुनेछ ।

यस्तै शीर्ष तीनमा रहने टोली एसीसी ईमर्जिङ कपका लागि छनोट हुनेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर