प्रधानमन्त्रीद्वारा विदेश भ्रमणबारे सदनलाई जानकारी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संयुक्त राष्ट्रसंघ र चीन भ्रमणको विषयमा प्रतिनिधिसभालाई जानकारी गराएका छन्। शनिबार स्वदेश फर्किएका उनले आइतबारको प्रतिनिधिसभा बैठकमा भ्रमणबारे जानकारी गराएका हुन्।

‘संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्रीस्तरमा भएको सहभागिताबाट नेपालको शान्तिप्रक्रियालाई निष्कर्षमा पुर्‍याउन संयुक्त राष्ट्रसंघ र अन्तर्राष्ट्रिय समुदायको सद्भाव हासिल गर्ने, नेपालमा द्वन्द्वबाट शान्तितर्फ रूपान्तरणको सफल उदाहरणलाई अन्तर्राष्ट्रिय समुदायले उचित मान्यता दिनुपर्ने’ लगायतका विषय उठाएको उनले जानकारी गराए।
यस्तै प्रधानमन्त्रीले सुन तस्करी प्रकरणमा छानबिन आयोग र पेट्रोलिय पदार्थको मूल्यवृद्धि फिर्ता भएको घोषणा गरेलगत्तै रास्वपाले गरेको बैठक अवरुद्ध स्वतः हटेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर