रास्वपाद्वारा प्रतिनिधिसभा बैठक अवरुद्ध

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभा बैठक अवरुद्ध पारेको छ । आइतबार बसेको प्रतिनिधि सभा बैठकको शुभारम्भमा नै सो पार्टीका सांसदहरूले उठेर अवरुद्ध पारेका हुन ।

बैठक सञ्चालन गर्नका लागि सभामुख देवराज घिमिरेले सो पार्टीका सांसदहरूलाई आग्रह गरिरहेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालको सम्बोधन भएकाले बैठक अवरुद्ध नपार्न उनको आग्रह छ । तर, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू नमानेपछि सो पार्टीका सभापति रवि लामिछानेलाई बोल्ने समय दिएका छन् । उनले चीन भ्रमणबाट मुड फ्रेस गरेर आएका प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली जनताको मुड अफ हुनेगरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको भन्दै आपत्ति जनाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर