पूर्वन्यायाधीशको संयोजकत्वमा सुन तस्करी छानबिन आयोग गठन

काठमाडौं । सरकारले सुन तस्करी प्रकरणको छानबिनका लागि उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराम आचार्यको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले आचार्यको संयोजकत्वमा आयोग गठन गरेको सरकारकी प्रवक्ता एवम् सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् । आयोगको सदस्यहरुमा अर्थमन्त्रालयका किशोरजंग कार्की, गृहमन्त्रालयका प्रेमराज जोशी र पूर्वएआईजी सहकुल थापा रहेका छन् । समितिले सुन तस्करी नियन्त्रणको सुझाव सहितको प्रतिवेदन पेस गर्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर