माल्दिभ्सको राष्ट्रपतिमा मोहम्मद मुइज्जु विजयी

काठमाडौं ।  माल्दिभ्सको राष्ट्रपतिमा मोहम्मद मुइज्जु विजयी हुनुभएको छ । दोस्रो चरणमा वर्तमान राष्ट्रपति इब्राहिम मोहम्मद सोलिहलाई हराउँदै मुइज्जु नयाँ राष्ट्रपतिमा निर्वाचित हुनुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । दुई लाख ८२ हजार मतदाता रहेको माल्दिभ्समा ७८ प्रतिशत मत खसेको थियो ।

पहिलो चरणमा जम्मा ४६ प्रतिशत मात्रै मत खसेपछि राष्ट्रपति पदका लागि चाहिने मत कुनै पनि उम्मेदवारले हासिल गर्न नसकेपछि दोश्रो चरणको मतदान भएको हो । राष्ट्रपति पदमा निर्वाचित भएपछि देशवासीको नाममा सम्बोधन गर्दै नवनियुक्त राष्ट्रपति मुइज्जुले नागरिकले दिएको मतको सम्मान गर्दै देशको अर्थतन्त्र पुनरुत्थानमा लाग्ने प्रतिबद्धता जनाए ।

राष्ट्रपतिमा मुइज्जुको जितलाई माल्दिभ्स मात्रै नभएर छिमेकी देश र विश्वमा निकै चासोका साथ हेरिएको छ । मुइज्जु चीन निकट मानिनुहुन्छ । यो चुनावी मतपरिणामले माल्दिभ्सको विदेश नीतिमा उल्लेख्य प्रभाव पार्ने विश्लेषण गरिएको छ । माल्दिभ्समा राजनीतिक दलले खुलेर भारत वा चीनमध्ये एकको पक्ष लिने गरेका छन् । सन् २०१८ मा चुनाव जितेपछि सोलिहले भारतसँग नजिकिने नीति लिएको थियो । त्यसअघि पीपीएम नेतृत्वको गठबन्धनले चीनतर्फ झुकाव राखेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर