पेट्रोलियम पदार्थको मूल्यवृद्धि, ग्यास २११० रुपैयाँ

काठमाडौ‌ं ।  पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ। नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले स्वचालित मूल्य प्रणालीअनुसार शनिबार रातिदेखि लागू हुनेगरी मूल्य वृद्धि गरेको हो।

जसमा पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र ग्यासमा प्रतिसिलिण्डर २१५ रुपैयाँ बढाउने निर्णय गरेको हो। त्यस्तै हवाइ इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुबैमा प्रतिलिटर ८ रुपैयाँ बढाइएको छ। यससँगै काठमाडौंमा पेट्रोलको मूल्य १८५ रुपैयाँ पुगेको छ भने ग्यासको प्रतिसिलिण्डर २११० रुपैयाँ पुगेको छ।

null


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर